आहा रारा गोल्डकप : आजदेखि सेमिफाइनलका खेलहरु हुँदै
नेपालखोज
२०७८ माघ १२ गते ८:१०

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणमा आजदेखि सेमिफाइनलका खेल हुँदैछन् । आज एपीएफ र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा बिहीबार मनाङ र आर्मीबीच हुनेछ । फाइनल भने शनिबार हुनेछ । यसअघि मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई १–० ले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल एपिएफ फुटबल क्लब, मछिन्द्र फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैबीच, सेमिफाइनल र फाइनल खेल हेर्नका लागि सीमित दर्शकले प्रवेश पाउने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया