बिहीबार, वैशाख १३, २०८१

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम !

नेपालखोज २०७८ माघ १२ गते ११:४९

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर घटेको तथ्यांक सार्वजनिक भएको छ । आज (बुधबार) तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक अनुसार जनसंख्या घटेको पाइएको हो ।

७८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ सालको जनसंख्याभन्दा अहिलेको जनसंख्या २७ लाखले वृद्धि भएको छ ।यसलाई प्रतिशतमा गणना गर्दा ० दशमलव ९३ प्रतिशत हुने विभागको भनाइ छ । २०६८ सालमा वृद्धिदर १ दशमलव ३५ प्रतिशत थियो ।

विसं १९९८ देखि अहिलेसम्म नेपालको जनसंख्या पहिलो पटक १ प्रतिशतभन्दा कम बृद्धि भएको तथ्यांक विभागको विवरणले प्रमाणित गरेको छ । २०७८ को जनगणनाअनुसार विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर भएको विभागले दाबी गरेको छ ।

प्रतिक्रिया