आइतबार, जेठ ६, २०८१

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०७८ माघ १२ गते १२:३५

काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला चारसय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो (सोमबार) प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मुल्य मंगलबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार तीनसय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया