मंगलबार, वैशाख १६, २०८२

हिमालयन बैंकको नाफा ७४ करोड ३४ लाख

नेपालखोज २०७८ माघ १२ गते १३:३०

काठमाडौ । हिमालयन बैंकले चालुु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७४ करोड ३४ लाख ५० हजार आठ सय ९९ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ६५ करोड ३२ लाख ६७ हजार नौ सय ९५ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख २५ हजार सात सय २५ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६५ अर्ब ५१ करोड २६ लाख २१ हजार छ सय ५० रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ६७ करोड ८० लाख १६ हजार नौ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा एक अर्ब ९१ करोड ६५ लाख ४९ हजार ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ७२ प्रतिसत कर्जा निष्व्रिmय रहेको छ । सो अवधिमा बितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार तीन सय ८० रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने दुई दशमलव २७ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब दुई करोड १० लाख ७४ हजार आठ सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब २६ अर्ब चार करोड ८१ लाख ३४ हजार छ सय ६५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ७५ करोड ९७ लाख नौ हजार सात सय २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दसमलव १३ प्रतिसत कर्जा निष्व्रिmय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ७६ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया