आइतबार, जेठ ६, २०८१

स्थानीय तहको निर्वाचन तत्काल गर्न विवेकशील पार्टीको माग

नेपालखोज २०७८ माघ १२ गते १३:५१

काठमाडौं । नेपाल विवेकशील पार्टीले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गरेको छ । पार्टी प्रवक्ता विजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा समयमा नै निर्वाचन नगरिए लोकतन्त्र संस्थागत हुन नसक्ने दाबी गरिएको छ ।

विज्ञप्तिमा स्थानीय तह निर्वाचन सम्बन्धी ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरिएको छ । स्थानीय तहमा आउने रिक्तताले संविधानको उल्लंघन गरेको ठहर्ने सो पार्टीले जनाएको छ ।

स्थानीय तहको निर्वाचन समयमा नगर्दा हुने रिक्ततालाई संवोधन गर्ने कुनै पनि संवैधानिक विकल्प नहुने र त्यसले नागरिकहरू सेवा प्रवाहबाटै बञ्चित हुनुपर्ने स्थिति हुने जनाइएको छ । स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सरकारले गर्नुपर्ने सहजीकरणको काम तत्कालै सुरू गर्न विवेकशील पार्टीले सरकारसमक्ष आग्रह समेत गरेको छ ।

प्रतिक्रिया