आइतबार, जेठ ६, २०८१

चौबीस घण्टामा थपिए ८,४५४ संक्रमित, ४,४३३ जना डिस्चार्ज

नेपालखोज २०७८ माघ १२ गते १६:३२

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ र ६ हजार ८१० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ हजार ८८३ जना गरि कुल ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल सक्रिय संक्रमित संख्या ९० हजार ६७ रहेको छ । हाल नेपालमा कोरोनाको संक्रमण दर १८ दशमलव १ प्रतिशत रहेको छ भने मृत्यु प्रति दश लाख जनसंख्यामा ३८४ दशमलव २ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ४ हजार ४३३ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ३१ हजार ७१२ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ३ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६७२ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर २ लाख ५६ हजार ४१६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया