आइतबार, जेठ ६, २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन : शान्तिपूर्ण र उत्साहजनकरुपमा सकियो

नेपालखोज २०७८ माघ १२ गते १९:०४

काठमाडौं । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ ।

देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । निर्वाचन सकिए लगत्तै मत गणना जारी छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया