आइतबार, जेठ ६, २०८१

कर्णालीमा पनि गठबन्धनका उम्मेदवार विजयी

नेपालखोज २०७८ माघ १२ गते १९:३६

सुर्खेत । राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी भएका हुन्।

गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी भएका हुन्। कर्णालीमा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।

एमालेका चुडामणि शर्मा (खुला), गंगा महत (महिला) र पदमबहादुर माझी (अल्पसङ्ख्यक) ले उम्मेदवारी दिएका थिए । चुनावका लागि कर्णालीमा गठबन्धका तीन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिक्रिया