गण्डकी प्रदेशमा पनि गठबन्धनकै नेता विजयी
नेपालखोज
२०७८ माघ १२ गते २०:१४

पोखरा । गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका उम्मेदवारहरू विजग भएका छन् । गठबन्धनका कमला पन्त, सुरेशबहादुर आले र भुवन सुनार विजयी भएका छन् । महिलातर्फ नेपाली कांग्रेसकी उम्मेदवार कमला पन्तले ३ हजार ८४ मतभार प्राप्त गरी विजयी भएकी हुन् ।
उनका प्रतिद्वन्दी एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार पाएकी छन् । त्यस्तै, भुवन सुनारले तीन हजार ४८ मतभार ल्याएका छन् ।आलेले भने ३ हजार ९६ मत प्राप्त गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया