नेपालको कुल जनसंख्या ३ करोडनजिक

काठमाडौं । केन्द्रीय तथ्याँक विभागले सबै जिल्ला र पालिकाको पनि जनसंख्या विवरण पनि सार्वजनिक गरेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको तथ्यांकअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ ।
अघिल्लो जनगणनाको तुलनामा यस पटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यस पटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो ।
विभागकाअनुसार ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाण्डौ जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

प्रतिक्रिया