१७ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित
नेपालखोज
२०७८ माघ १३ गते ८:२०

काठमाडौं । नेपालका १७ जिल्लामा कोरोना भाइरसका ५ सय भन्दाबढी संक्रमित पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बाके, रुपन्देही, दाङ र कैलालीमा ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै २०० भन्दाबढी संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, धादिङ, सिन्धुपाञ्चोक, सिन्धुली, दोलखा, गोरखा, तनहुँ, स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत र कञ्चनपुर रहेका छन् । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ ।
हाल होम आइसोलेशनमा ८८ हजार २४८, संस्थागत आइसोलेसनमा एक हजार ८१९, आइसियुमा २५१ र भेन्टिलेटरमा ४८ जनाको उपचार हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया