सुन ९ सय रूपैयाँले घट्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ माघ १३ गते १०:५०

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ९ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ९ सय रूपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९३ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ९० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १३ सय रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया