बुधबार, जेठ १, २०८२

उखुबारीमा भेटियो दुईजनाको शव

नेपालखोज २०७८ माघ १३ गते १५:१३

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरनजिकैको उखुबारीमा दुईजनाको शव भेटिएको छ । एउटा खाल्डोमा बुधबार शव भेटिएको हो भने अर्को खाल्डोमा आज शव भेटिएको छ ।

२०-२५ मिटरको दूरीमा दुईवटा खाल्डोमा गाडिएको अवस्थामा दुईजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव कसको हो भन्नेबारे खुलिसकेको छैन । दुवै खाल्डोमा शव भेटिएपछि घटना रहस्यमय बनेको छ ।

अहिले तालिम प्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ । शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनार्दन बीसीसहितको टोलीे अनुसन्धानका लागि उखुबारीमा छ ।

प्रतिक्रिया