राष्ट्रियसभाको बैठक १७ माघमा, यस्तो हुनेछ अब दलहरुको हैसियत

नेपालखोज २०७८ माघ १३ गते १५:४२

काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गते बस्ने भएको छ । माघ २ गते आइतबार सूचनामार्फत स्थागित गरेको बैठक माघ १७ गते बोलाइएको हो ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले बिहीबार सूचना निकाल्दै आगामी बैठकको मिति सार्वजनिक गरे । राष्ट्रियसभामा दलहरुको प्रभाव बदलिएको छ । माघ १२ गते नयाँ सदस्य १९ जना थपिएसँगै दलहरुको हैसियत परिवर्तन भएको हो ।

सबैमभन्दा ठूलो दल नेकपा एमाले नै रहेको छ भने उसले आफ्ना ७ सदस्य गुमाएको छ । अब राष्ट्रियसभामा नेकपा माओवादी केन्द्र दोस्रो, नेपाली कांग्रेस तेस्रो हैसियतमा छन । त्यसपछाडि नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी छन । यसपटक राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको समेत आगमन भएको छ ।

नयाँ अनुहारको आगमनपछि बस्न लागेको राष्ट्रियसभाको यो पहिलो बैठक हो ।

प्रतिक्रिया