बुधबार, वैशाख १९, २०८१

दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु

नेपालखोज २०७८ माघ १३ गते २२:०१

काठमाडौं । दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । मुसलधारे वर्षाले उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो ।

तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् । यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् ।

त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ । जिम्बाबेमा आएको आँधीका प्रभावहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन् ।

प्रतिक्रिया