शुक्रबार, जेठ ४, २०८१

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

नेपालखोज २०७८ माघ १४ गते ६:४३

काठमाडाैं । हाल देशमा पश्चिमी  न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागमा हुस्सु कुहिरो लागेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ भने, प्रदेश नं १ तथा वाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकाे महाशाखाले जदनाएकाे छ ।

आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया