शुक्रबार, जेठ ४, २०८१

निर्वाचनको छलफलमा जुट्यो कांग्रेस, केन्द्रीय कार्यसमिति बैठक आज

नेपालखोज २०७८ माघ १४ गते ६:५९

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हिजाे एक विज्ञप्ति जारी गर्दै बैठक आज दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया