शुक्रबार, वैशाख १४, २०८१

विदेश पठाइदिन्छु भन्दै २५ लाख रुपैयाँ ठग्ने पक्राउ

नेपालखोज २०७९ जेठ १२ गते १४:५३

काठमाडौं । विदेश पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एकजना पक्राउ परेको छ । काठमाडौं टोखा नगरपालिका ८ का २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।

पाण्डेले टिपिकल क्लोथिङ एन्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई युरोपका देशमा व्यापार गर्न मिल्ने भिसा लगाई दिन्छु भनि ठगी गर्ने गरेको पाइन्छ । हंगरीको लागि नक्कली भिसासमेत निकाली पीडितबाट २५ लाख रुपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट पाण्डेलाइ पक्राउ गरेको हो । उनलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया