प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली
नेपालखोज
२०७८ माघ १५ गते ६:३७

काठमाडौं । आज (शनिबार) दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यत: सफा रहनेछ । राति भने पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ ।
यसैगरी भोलि (आइतबार) दिउँसो प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । राति भने प्रदेश १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
साथै महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन सर्वसाधारणमा अपिलसमेत गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया