बिहीबार, जेठ ३, २०८१

आकाश पुगेर धर्ती नबिर्सिएको व्यक्ति

नेपालखोज २०७८ माघ १५ गते १४:३९

हिजो स्वस्थानी पढ्ने पालो मेरो पर्यो…भन्दै सर्वप्रिय गायक अमृत गुरुङले तीन दिनअघि राखेको पोस्टमा लगातार लाइक र कमेन्ट आइरहेको छ । हेरौं केही छानिएका प्रतिक्रिया कमेन्ट बक्सबाट ।

जय होस हजुरको.. सबैलाई जय नेपाल ।
सुजन चेमजोङ लिम्बू

डाउन टु अर्थ …एभर शो कुल …अ ट्रु नेपाली आर्टिस्ट !!! दि लिजेन्ड !!!
नमन छ हजुरलाई !!!
सुबिसु, कपिलवस्तु

जय स्वस्थानी माता, सबैको कल्याण ह‍ोस।
मदन सुवेदी

लभ दिस पिक्चर…हरि हरि ।
पुष्पराज तिवारी

धेरै राम्रो दाइ, नेपालमा धर्म संस्कार र गौ रक्षा गर्ने नै हजुरको समुदाय रहेछ दाइ जिवन्त धर्म-संस्कार र गौ रक्षार्थ मन लागिरहोस् श्री स्वस्थानी माताको कृपा मिलोस् ।
दिनेश दानी

कहिलेकाहीँ त हामी ले पठाएको पत्र पढिदिए र फोन नम्बर दिनेसँग नम्बर साट्ने र बोल्ने समय पनि आउथ्यो कि, जय जय माटो ।
कुलनारायण जोशी

कति सादा जीवन । सादकी मन लाई सलाम ।
माधव न्यौपाने

पुस्तकलाई हातमा लिएर पढ्ने होइन नि दाजु गरिमा र महिमा …!
मोहन ओली

सर्बप्रिय व्यक्तित्व/गायक ।
दर्शन क्षेत्री

सारै राम्रो दाजु, किताबमा लेखिएका भाषाहरु सभ्य हुन्छन् मनबाट ईश्वरप्रति आस्था राखी पढ्नुले मनलाई अझ सुख मिल्छ । श्री स्वास्थानी माता कि जय, हामी सबैको जय होस् ।
सन्तोष

अमृत गुरुङ जस्तो एक होनाहार कलाकारले स्वस्थानी जस्तो महिलाद्वेषी घटिया पुराणको प्रचार गरेको देखेर उदेक लाग्यो । यो सामुहिक रुपमा जलाउनु पर्ने पुस्तक हो ।
कमरेड सतिसाल

बिदेशी नेताको पुस्तक पढेर नेपाली जनता लुटनु भन्दा धार्मिक महिमा बोकेको पुस्तक पढेर जय भन्दै एउटा सुन्तलाको केर्स्रा खाए स्वास्थलाइ पनी फाइदा मनलाइ पनि आनन्द ।
चञ्चल हार्ट

आफ्नो सोच , रिति-रिबाज , समाज ,भेषभुषा तथा मानबताको हिमायति हुन
लोकतन्त्र र समाजबादले रोक्देैन ।
कुलनारायण जोशी

सफा मन सादा जीवनलाई हार्दिक नमन हार्दिक सलाम ।
रामकुमार दुलाल

श्री स्वस्थानी माताको कृपा रहिरहोस् ।
प्रचण्ड हरि राजोपाध्याय

विदेशिएका हामीहरुलाई कहिले तपाईंको अनुसरण गरेर सादा जीबनमा रमाउन पाइने भन्ने मात्र ध्यान हुन्छ आजकल ।
माधव भट्ट

कति भाग्यमानी ती बच्चाहरु, युग-युगले सम्झने मान्छेसँग जीवन बिताइरहेछन् ।
विवश

यो चै सबै भन्दा कुरुप दृष्य लाग्यो मलाई तपाईंको यात्रा भरिकै,
यहींनिर तिनिहरुलाई जिन्दगी सिकाइदिएको भए कति सुन्दर हुन्थ्यो ?
के सिके होला ती अबोधहरुले ७ वर्षकी बालिकालाई ७० वर्षको बूढोले स्वास्नी बनाउन तम्सेको कथा सुनेर ।
रियल एनालासिस

अमृत गुरुङ समस्त नेपाली संस्कृतीप्रेमी नाम हो ।
महाप्रसाद

वास्तविक जीवन जिउन सिकौं तपाईं सँग।
गणेश पौडेल

हजुर नेपाली सङ्गीतको मात्र खम्बा नभई सादा जीवन जिउन र प्रकृति प्रेमका लागि हामी जस्ता युवाको प्रेरणाको खम्बा हुनुहुन्छ ।
सुदीप पौडेल

कोरोना नभएको भए अमृत गुरुङलाई रङ्गशालाबाट स्वस्थानी पढ्न निम्तो दिनुहुन्थ्यो । धेरै आउँथे सुन्न र पतिसँग भेट नभएकाहरू झन् आउँथे होला ।
श्याम उपाध्याय

आकाश पुगेर धर्ती नबिर्सिएको व्यक्ति ।
रुबिन दाहाल

No description available.

गर्व लाग्छ हजुर पुम्दिभुम्दीको र म पनि त्यतैको , दाजुप्रती उच्च सम्मान ।
राजीवकुमार बास्तोला

सफा मन अनि सादा जिबनलाई हार्दिक नमन , हार्दिक सलाम ।
रामकुमार दुलाल

आफै सम्पन्न व्यक्ति, कर्मशील अमृत दाईको यो सरलता, जल्दाबल्दा राष्ट्रिय चोरहरु त उहाँको खुट्टामा बाँध्न पनि सुहाउँदैनन् ।
हरि केसी

देशप्रेम, भाषाभेष प्रेम, संगीत एवं धर्म-संस्कृति प्रेम ! वाह, क्या गजब अनि अनुकरणीय । हार्दिक सलाम हजुरलाई ।
विजय पौडेल

पश्चिमाहरुको फिरिङ्गि संस्कार जगेर्ना गर्न लागि परेकाहरुले मात्र “श्री स्वस्थानि व्रतकथाको निन्दा गर्छन । बुझ्नेहरुले एकअर्का धर्मलाई सम्मान र सहयोग गर्छन् । नेपालमा हिन्दु, इस्लाम, किरात, बुद्ध सबै धर्मावलम्बीहरुले एक-अर्कालाई सम्मान गर्छन ।
पूर्ण श्रेष्ठ

स्वस्थानी कथामा बाहुनवाद भन्दा अरु केही हुन्न ।
अजित कुमार तामाङ

जिन्दगी बाँच्न अमृत दाइसँग सिक्नुपर्छ ।
बैस्णो जी

लोभ लाग्छ यहाँको जीवनशैली देख्दा !
भरत बजगाईं

संसार देखिसकेको मान्छे पनि आफ्नै बाबु-बाजे बाँचे जसरि साधारण जीवन बाँचिरहनु भएको छ ।आखिर खुसी सन्तुष्ट यसैमा भएर त होला नि हैन दाइ ।
प्रदीप कुँवर

सादा जीवन उच्च विचार सलुट मेरो दाइलाई ।
अन्तिम तामाङ

सरल जीवन, उच्च विचार अनि सादकिपन -नमन गरें ।
माधव रिजाल

ओहो..हामी पनि सुन्न आउथ्यौ नि थाहा पाएको भए…..।
विजय न्यौपाने

महान् व्यक्तिको महान् कार्य ।
मनोज ज्ञवाली

महान मान्छे ।
प्रकाश पौडेल

यिनिलाई पनि बाहुन छेत्रीले दास नै बनाएका रहेछन नि ,
गुरुङको छोरा भएर स्वस्थानी पढेर बस्छन धिक्कर छ तिमिहरु जस्तो अर्कको धर्ममा लाग्नेलाई ।
नवराज ब्लोन

काका त्यो सानो भाइ को हुन ?
निरज चित्रकार

सुन्न पनि पाए हुन्थ्यो ।
कृष्णप्रसाद पौडयाल

आहा ! अहिलेको यो भागदौडको दुनियाँमा यो सरल जिन्दगीले पक्कै पनि आनन्दको अनुभुती दिलाउँछ ।
भीमार्जुन बन्जाडे

कुमारजी आज्ञा गर्नुहुन्छ हे अगतष्य मुनि…..
अमृत दाइको मुखार्बिन्द बाट बाचित श्री स्वस्थानी श्रवण गर्न पाए कस्तो हुन्थ्यो होला?
लौ न दाजु सानो भिडियो क्लिप पनि राख्नु पर्‍यो ।
राजेश रिजाल

सदा जीवन जीउनुमा नि खुसि मिल्छ भन्ने कुराको ताजा उदाहरण ।
जिसन मयाल

दाइलाई के श्री स्वश्थानी गन्थ्र सहि लाग्छ ? सानो उत्सुकता!!!
स्पेस किराँती

स्वस्थानीमा के छ तेस्तो ?
थमनबहादुर घर्ती

कती सरल जिन्दगी खुल्ला किताव जस्तै । प्राउड अफ यु लिजेन्ड ।
सोम केसी

यस्ता अन्धविश्वास तथा घटिया धर्मग्रन्थको प्रचार तैट ।
बिरेश तामाङ

अमृत काकालाई सम्मान छ सादा जीवन उच्च विचार ।
नाम अजय

सर खालि पुरानो घर देखाउने हजुर कहिलेकाही त नयाँ घरमा बसेको पनि देखाउनु न ।
विजय गौतम

धेरै माया , गहिरो माया दाजै ।
आनिम आचार्य

दाइले स्लोक् हालेको मलाई नि सुन्ने मन थियो ।
चाम गुरुङ

सादगी जीवन, दाईमा नमन्।
सबनव श्रेष्ठ

कति अध्याय पुर्‍याउनु भयो दाइ ?
मदन मल्ल

नेपालि मन, नेपाली तन भएको एकमात्र व्यक्ति तपाईं..।
जुपिटर खनाल

अति नै सरल जीवन,न लाज न लोभ न घमण्ड ….।
अभिषेक भट्टराई

गर्ब गर्न लायक व्यक्तित्व ।
सुशील लम्साल

पैसा कमउनुस तर आफ्नो धरातल कहिल्यै नबिर्सिनुस त्यसैमा छ मज्जा त्यसैमा छ सब कुरा ।
उमेश दाहाल

गुरुङको छोराले आफ्नै पेता ल्हुता पो सिक्ने हो पढ्ने हो यदि पढ्ने नै भए यो स्वास्थानी किन के का लागि होला बुझ्न सकिन ।
चित्र गुरुङ

उहाँले तस्बिर राखेपछि टक्क अडिएर नहेर्ने सायदै होलान सम्मान छ ।
विनोद धिमाल

गुरुङ जातिले पनि स्वस्थानी लाउँछन,अध्ययन गर्छन र ? कि गुरुङहरु अझै पनि ब्राह्मणहरुकै सिको गरिरहेछन ?
भूमिराज राई

एकताको प्रतिक हो दाजु हजुर , हजुर हामि छौ र पो नेपाल छ । म त के भन्छु भने हजुर जस्तो महान बिचार र कर्म भएको व्यक्ति लाई दिने कुनै पद छैन नेपालमा । हजुरको अगाडि सब फिक्का ……!
दीपक सुवेदी

हजुरले चाहने हो भने काठमाडौंमा ५ तले घर बनाएर बस्न सक्नु हुन्छ तर तपाईंको सादा जीवन लाइ सलुट …आकास पुगेर धर्ती नबिर्सने लिजेन्ड ।
रोशन भण्डारी

पहीलो कमेन्ट हजुर को लागी लब यु ! म पनि हजुरको सम वान नट स्पेसल फेन्। अलवेज लव यु।
देवकुमार गुरुङ पर्वत

सादा जीवन उच्च विचारका कालजयी गायक मुर्धन्य व्यक्तित्व दाजु अमृत गुरूङ प्रती हार्दिक नमन ।
शर्मा दिनेश

स्वस्थानी माताको आशीर्वादले हजुर लाई अझ धेरै समाजसेवा गर्ने प्रेरणा मिलोस।
सुदन शर्मा

अम्मै नि त्यो बिरालो कस्तो मजाले सुतिरहेको ।
उषा तामाङ

देशले चिन्न नसकेको गहना । हरेक देशभक्त नेपालीको प्रेरणाको स्रोत ।
विक्रम गौतम

यदी सुख र खुसी छ भने यसैमा छ । हजुरको जिबन पछ्याउन मन लाग्दा लाग्दै पनि सकिरहेको छैन ।
दयाराम सुवेदी

श्रीस्वस्थानी, श्रीमद्भभागवद् गीता, कुरानजस्ता ज्ञानका कुरा सुनिराख्नु, पढिराख्नुपर्छ ।
विनोद क्षेत्री

प्रतिक्रिया