देश केपी ओलीको नेतृत्वमा मात्र बन्छ : टोपबहादुर रायमाझी

नेपालखोज २०७८ माघ १५ गते १६:०७

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले विपक्षी दलविरुद्ध गठबन्धन गरी सत्ताधारीहरूले हार स्वीकार गरेको बताएका छन् । अर्घाखाँचीको एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै रायमाझीले देश एमालेले मात्रै बनाउने दाबी गरे ।

उनले देश एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मात्र बन्ने दाबी गरे । उनले भने, ‘देश केपी शर्मा ओलीकै नेतृत्वमा बन्छ, हामी सहयोगीको भूमिकामा रहन्छौं ।’

रायमाझीले नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका करिव ५० जनालाई पार्टी प्रवेश गराए ।

प्रतिक्रिया