भोलि प्रतिनिधिसभा बैठक अगाडि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

नेपालखोज २०७८ माघ १५ गते १७:१९

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आइतबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेको लागि वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको छ । संसद्को गतिरोध हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि बालकोट पुगेर एमाले अध्यक्ष केपी ओलीसँग छलफलसमेत गरेका थिए । यद्यपि, एमालेले भने संसद्मा सभामुखले आफूले कारबाही गरेका १४ सांसदहरूको नाम लिष्टको सूचना नटाँसेर न्यायपूर्ण काम नगरेको आरोप लगाउँदै आएको छ ।

एमालेले सभामुख सापकोटा राजीनामा मागेको छ । नभए सभामुख सापकोटालाई माधव नेपालसहितका १४ सांसदलाई कारबाही गर्न भनेको छ । एमालेले सभामुखको भेदभाव पूर्ण शैली भन्दै विरोध गर्दै आएको छ ।

प्रतिक्रिया