शनिबार, जेठ ५, २०८१

रहर छैन !

डा. सुरेन्द्र सिटौला २०७८ माघ १५ गते १९:३४

अबोध भएर भरदिन
घरमा रमाउँदा रमाउँदै
आयुको दिन त बिति नै सक्यो
अब रातमा रमाउने कुनै रहर छैन
चीर निद्रामा निदाइ सकेपछि
घर छैन भन्ने डर छैन
स्वार्थी धर्मले
उपल्लो संसारमा
नयाँ घर बनाउँछ भन्ने
कुनै भर छैन
निष्काम कर्म रमाउने
वर्तमानमा यहाँ कुनै सहर छैन
मैले भोगेको संसारमा
मानवता विरुद्धका हिंस्रक अपराधीहरुलाई
मृत्यु दण्ड दिने
सामाजिक कानुनी जहर छैन
अपराधीको प्रहारबाट
चीर निद्रामा निदाइ सकेपछि
घर छैन भन्ने डर छैन
जीवनको नयाँ बिहानीमा
फेरि अबोध भएर रमाउने
अब कुनै रहर छैन ।

प्रतिक्रिया