पब्जीका कारण पूरै परिवारको हत्या !

लाहोर। संसारमा भैरहेको प्रविधिको तीव्र विकासले मानव सभ्यतामा समस्या समेत सृजना गर्दै आएको छ । प्रविधिमा आएको सुधार र नयाँ-नयाँ आविष्कारले मानव समाजलाई निकै अगाडि बढाइ सकेको छ ।
यद्यपि, कहिलेकाँही यहि प्रविधिको कारण हामीले दुःखद् स्थितिको पनि सामना गर्नु परेको छ । आज जसरी मोबाइल फोनको विकास एवं सुधार हुँदैछ, त्यसैगरि युवाहरुमा यसप्रतिको लगाव पनि बढदै गएको छ । मोबाइल फोनमा भिडियो गेम खेल्ने चलनले युवाहरुमा अनेकन समस्या समेत सृजना हुँदैछ ।
कुरा पाकिस्तानको पंजाब प्रान्तको हो, जहाँ अनलाइन गेम पब्जिका कारण एक किशोरले आफ्नो पुरै परिवारको हत्या गरेको बताइन्छ । भनिन्छ, ती १४ वर्षीय किशोर अक्सर मोबाइलमापब्जी खेल्न व्यस्त रहन्थे । स्थानीय प्रहरीका अनुसार बढी समय पब्जी खेलेर बिताउने ती किशोरलाई उनकी आमाले गेम नखेल्न र पढाईमा ध्यान दिन भन्दै गाली गरिरहन्थिन । आमाको लगातारको गालीकै कारण ती किशोरले पेस्तोलले आफ्नी आमा तथा दाजु तथा दुई दिदी बहिनीलाई गोली प्रहार गरि हत्या गरेको बताइन्छ ।
प्रहरीका अनुसार गएको हप्ता लाहोरको कहना इलाकामा ४५ वर्षीया हेल्थ वर्कर नाहिद मुबारक आफ्ना २२ वर्षीय छोरा तैमुर तथा १७ र ११ वर्षका दुई छोरीका साथ मृत अवस्थामा फेला परेका थिए ।अहिले प्रहरीले यो मृत्युको रहस्य पत्ता लगाउन सफलता प्राप्त गरेको छ। लाहोर प्रहरीका अनुसार घरको एकमात्र जिवित १४ वर्षिय सदस्य नै यो हत्याको दोषी हो ।
प्रहरीका अनुसार नाहिद पारपाचुके लिएर बसेकी एकल महिला हुन् । उनी अक्सर आफ्ना सन्तानलाइ पढाईमा ध्यान नदिएको र बढि समय पब्जीमा बिताएको भन्दै गाली गरिरहन्थिन । घटनाको दिन पनि नाहिदले ति किशोरलाई पब्जी खेलेको भन्दै गाली गरेकि थिइन । आमाको गालीबाट रिसाएको त्यो किशोरले त्यही राति सबै जना सुतेको मौकामा गोली प्रहार गरेका थिए । उनले आफ्नी आमाको आलमारीमा भएको पेस्तोल निकालेर घटनालाई अन्जाम दिएको बताइन्छ ।
लाहोर प्रहरीका अनुसार ती किशोरले आफ्नो अपराध स्वीकार गरिसकेको छ । प्रहरीले अभियुक्तको रगतले लतपत कपडासमेत बरामद गरिसकेको छ । प्रहरीका अनुसार नाहिदले आफ्नो परिवारको सुरक्षाका लागि उक्त पेस्तोल खरिद गरेकि थिइन र त्यहि पेस्तोल उनको मृत्युको कारण बन्यो ।
प्रतिक्रिया