उच्च पहाडी भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना

नेपालखोज २०७८ माघ १६ गते ६:१९

काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुसु / कुहिरो लागेको महाशाखाले जनाएकाे छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ ।  

त्यस्तै, आज राति प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने, देशको उच्च पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

प्रतिक्रिया