प्रतिनिधिसभाको बैठक २६ गते बस्ने
नेपालखोज
२०७८ माघ १६ गते ६:४१

काठमाडाैं । यही १६ गते आइतबार अर्थात आजका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी सारिएको छ ।
मुलुकमा कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोकेका संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख गरिएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया