राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित (सूचनासहित)

नेपालखोज २०७८ माघ १६ गते १५:२३

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार बैठक बस्ने कार्यतालिका थियो ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया