शनिबार, जेठ ५, २०८१

१०५ अंकले बढ्दा ६ अर्ब ३२ करोडको कारोबार

नेपालखोज २०७८ माघ १६ गते १५:३४

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा उच्छल आएको छ । नेप्से आज एक सय पाँच दशमलव ५५ अंकले बढेर २८ सय ८५ दशमलव ५३ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ८१ अंकले बढेर पाँच सय ३८ दशमलव ५३ अंकमा पुगेको छ ।

दुई सय ३१ कम्पनीको ८१ हजार सात सय ६ पटकको कारोबारमा एक करोड २१ लाख ५५ हजार चार सय ३२ कित्ता सेयर खरिद बिक्री भएकामा कुल कारोबार रकम ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्सेमा पूरै हरियाली देखिएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४६ दशमलव ९९ अंकले बढेर १८ सय ५५ दशमलव ३२ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि तीन सय १८ दशमलव २२ अंकले बढेर ५१ सय ६८ दशमलव ९६ अंकमा चढेको छ ।

जीवन बिमा समूहको सूचक पनि पाँच सय ४८ दशमलव छ अंकले बढेर १६ हजार ६ सय ५६ दशमलव ३६ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि चार सय ३१ दशमलव ६१ अंकले बढेर १३ हजार दुई सय ८९ दशमलव ४६ अंकमा चढेको छ । यीबाहेक फाइनान्स, जलविद्युत्, होटेल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज विन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १४ सय ७२ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मञ्जुश्री फाइनान्सको ऋणपत्र २०८५ को प्रतियुनिट सेयर मूल्य तीन दशमलव २३ प्रतिशतले घटेर नौ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ४६ रुपैयाँ अन्तिम मूल्यमा २६ करोड १५ लाख १६ हजार एक सय ३४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया