आइतबार, वैशाख १६, २०८१

संगीत र व्यवसाय एकैसाथ (भिडियो)

नेपालखोज २०७९ माघ २८ गते ६:००

काठमाण्डौं । रोनित खालिङ राई, पेशाले फिटनेस र न्यूटेसन ट्रेनर । भर्खरै होटल व्यवसाय पनि थालेका छन् । तर उनले गीत गायनलाई पनि निरन्तरता दिइरहेका छन् । ‘माया कसरी’, ‘के यो माया हो’, ‘प्रतिविम्ब’, ‘सम्बन्ध’, ‘दृष्ट्रि’ गीतहरु बजारमा छन् ।

गीत गाइरहन मन लाग्ने रोनितलाई व्यवसायिक गायक बनुँला लागेको छैन् । ग्यालेक्सी पब्लिक स्कुलमा पढेका उनले कुन्ति मोक्तान, एड्रिन प्रधान जस्ता हस्तीबाट संगीत शिक्षा पाएका रोनित आफूलाई भाग्यमानि सम्झन्छन् । सन् २००८ मा जुम्बा नेपाल सुरु गरेका उनी सन् २०१५ मा जुम्बा (यूएसए)को सहयोगमा भुकम्पपछि सिन्धुपाल्चोकका ग्रामिण भेगमा राहत लिएर पुगेका थिए । सोही सामाजिक कामको कदर गर्दै जुम्बा अवार्ड समेत हात पारे ।

नेपालमा पाउण्ड फिटनेसको सुरुवात गर्ने व्यक्ति पनि रोनित नै हुन् । अभिभावकको पूर्ण सहयोगकै कारण रोनित संगीत र व्यवसायमा एकैसाथ लागि परेका छन् । नयाँ नयाँ क्षेत्रमा अनुभव बटुल्न चाहने उनै गायक रोनित खालिङ राईसँग नेपालखोजकर्मी शिखर गजरकोटेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

तपाईको पछिल्लो कृति ‘दृष्ट्रि’को भिडियोमा जुन अवधारणा प्रस्तुत गरिएको छ । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?
भिडियोमा म एउटा सम्पन्न व्यक्तिको रुपमा पाउनुहुन्छ । एउटा अनाथालयमा जाने क्रममा गाडी प्रयोग गरेको छु । यात्राको क्रममा एउटा बाइकमा ४ जनाको परिवार कष्टपुर्ण यात्रा गरेको देख्छु । त्यो परिवारलाई मैले प्रयोग गरिरहेको गाडी दिए र म बाइकमा अघि बढ्छु ।

मध्यान्तर तिर पुगेपछि एक जोडी साइकलमा गुडेको देखेपछि म गुडिरहेको बाइक उनीहरुलाई दिएर साइकलमा म अघि बढ्छु । यात्राकै क्रममा ‘दृष्ट्रि होम’मा पुग्नका लागि ढुंगा चढ्नु पर्ने अवस्था त्यो बेलामा साइकल पनि डुंगाचालकलाई दिएको दृष्य सकिन्छ । यो यात्राले दिन खोजेको सन्देश भनेको स्वार्थ त्याग्नुस् । त्यसले यो समाज सुन्दर बनाउन सकिन्छ भन्ने हो ।

तर समाज त निकै स्वार्थी बन्दै गएको छ नी ?
हो, समाज टाइम इज मनि भन्नेमा पुगिसकेको छ । मै लाउँ, मै खाउँको भावना बढ्दो छ । यस्ले समाजलाई अझ कञ्जुस बनाउदै लैजान्छ । त्यसैले हुनेखानेले हुँदाखानेलाई सहयोग गर्नुपर्छ । यो बानीको विकासलाई समाजलाई एकताको सुत्रमा बाँध्दछ ।

‘दृष्टि’गीतको टीमवर्क जिमखानामा बनेको थियो रे ! हो ?
सत्य हो । म आफैँ फिटनेसको ट्रेनर हूँ । फिटनेसका लागि आएका साथीभाइसँग सेयरिङ गर्दा कम्पोजर, प्रोडुसरसम्म भेटियो । कुरै कुरामा मैले गीत गाउने कुरा गरे । त्यसो भए गीत बनाम भन्ने भयो । गीत बनेपछि भिडियो बनाउने साथी पनि भेटे । त्यसपछि कम्पिलिट प्याकेज बन्यो । सबैको प्रयासले राम्रो सन्देश सहितको गीत बनेको छ ।

हाम्रो यो कोशिसले केहीलाई भएपनि छोला । त्यसमध्ये कसैले हाम्रो कामको सिको गरेपनि त्यो हाम्रो सफलता लाग्नेछ । संगीतलाई एउटा मनोरञ्जनको साधन मात्र नबनाएर सन्देश प्रवाहको माध्यम बनाउने कोशिस गरेका छौँ । हाम्रो चाहना समाजमा व्याप्त स्वार्थीपन कमजोर हुँदै जाउन् भन्ने पनि हो ।

प्रतिक्रिया