संविधान संशोधन गरौं : ह्रदयेश त्रिपाठी

नेपालखोज २०७८ माघ १६ गते १६:२८

काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले पाँच दलीय सत्ता गठबन्धनले अगामी जेठसम्म स्थानीय तहको चुनाव सम्पन्न गर्नका लागि गरेको निर्णयलाई स्वागत गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै संवैधानिक र कानुनी अस्पष्टता अनगिन्ती रहेको उल्लेख गर्दै एकमुस्ट रुपमा संविधान संशोधन गर्न माग समेत गरे ।

प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न उनले माग गरे । त्रिपाठीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्ने उद्देश्यले गठित आयोगको सिफारिस मधेस प्रदेशमा मात्र भएको बताए । उनले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा त्यसको कार्यान्वयन नभएको आरोप लगाए ।

आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिस प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न उनले माग गरेका हुन् । उनले कार्यान्वयन नभए निर्वाचनमा बाधा पुग्न सक्ने पनि चेतावनी दिए ।

प्रतिक्रिया