शनिबार, जेठ ५, २०८१

सहिद !

अर्जुन पराजुली २०७८ माघ १६ गते १६:३८

सहिद तिनीहरुको पनि छन्
सहिद मेरो देशमा पनि छन्
तिनीहरूको देशमा
सहिदका सपना साकार पार्न
आफ्ना सपनालाई रुखमा झुण्ड्याइन्छ
मेरो देशमा
आफ्ना सपना साकार पार्न
सहिदका सपनालाई रुखमा झुन्ड्याइन्छ !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया