शुक्रबार, असार १३, २०८२

थपिए ३,५४० नयाँ संक्रमित, ६,३५९ जना डिस्चार्ज

नेपालखोज २०७८ माघ १६ गते १७:००

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ३ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३ हजार २३५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४९१ जना गरि कुल ३ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, गत २४ घण्टामा थप ६ हजार ३५९ जना कोरोना संक्रमणबाट मुक्त भइ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ८९.५ प्रतिशत रहेको छ ।

त्यस्तै, माघ १३ गतेदेखि आजसम्म चार दिनको अवधिमा कोरोना संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल सङ्ख्या ११ हजार ७३७ पुगेको छ ।

प्रतिक्रिया