राष्ट्र बैंकद्वारा सहवित्तीयकरणमा कडाइ

नेपालखोज २०७८ माघ १६ गते १८:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहवित्तीयकरणमा कडाई गरेको छ । आज वाणिज्य बैंक, विकास बैंक र फाईनाँन्स कम्पनी समेतको नाममा परिपत्र जारी गर्दै राष्ट्र बैंकले सहवित्तीकरणमा कडाई गरेको जानकारी दिएको हो ।

परिपत्र अनुसार राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न अनुमति प्राप्त संस्थाहरु र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले (सम्वन्धीत क्षेत्रमा) मात्र सहवित्तीयकरणमा भाग लिन पाउने छन् ।

तर कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई यस बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (सम्वन्धीत क्षेत्रमा) अगुवा संस्था हुने गरी सहवित्तीयकरण समुहमा सहभागी भई कर्जा प्रवाह गर्न यो व्यवस्थाले बाधा पुर्याएको मानिने छैन् ।

राष्ट्र बैकका अनुसार यो निर्देशनको प्रयोजनको लागि अगुवा संस्था भन्नाले सहवित्तीयकरण समूहले अगुवा संस्था भनि चयन गरेको इजाजतपत्र प्राप्त संस्थालाई सम्झिनु पर्नेछ ।

प्रतिक्रिया