बिमा समितिद्वारा प्राईम लाईफ इन्स्योरेन्सलाई कारवाही

काठमाडौं । बिमा समितीले प्राईम लाइफ इन्स्योरेन्स कम्पनीलाई कारवाही गरेको छ । बिमा समितिले समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको समितिको कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिएका छन् ।
समितिबाट प्राईम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लंघन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बिमितको हित विपरित नक्कली बिमा लेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बिमासम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बिमा नगरेको देखिएकाले बिमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई जरिवाना गर्ने निर्णय गरिएको समितीका कार्यकारी निर्देशक एवं प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया