चाैबीस घण्टामा विश्वमा २१ लाख १२ हजारमा कोरोना पुष्टि
पाँच हजारभन्दा बढी संक्रमितको मृत्यु

काठमाडौं । २४ घण्टाको अवधिमा विश्वभर २१ लाख १२ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी फ्रान्समा नयाँ संक्रमित भेटिएका छन् । पाँच हजार जनाको मृत्यु भएको छ । केही दिनयता विश्वभर नयाँ कोरोना संक्रमितको संख्या भने घटिरहेको छ ।
२ दिनअघिको २४ घण्टाको अवधिमा २६ लाख ५८ हजार बढी संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा २१ लाख ४९ हजार ४४८ जनामा संक्रमण पुष्टि छ । पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७३ हजार जनामा संक्रमण पुष्टि भएको छ । ८९२ जनाको मृत्यु भएको छ ।
रुसमा १ लाख २१ हजार २२८ ,ब्राजिलमा १ लाख ४ हजार, जर्मनीमा १ लाख ९ हजार, इटालीमा १ लाख ४ हजार, अमेरिकामा ९६ हजार ९५, टर्कीमा ८८ हजार र बेलायतमा ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
अहिलेसम्म विश्वमा ३७ करोड ५५ लाख ९९ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको छ । ५६ लाख ८१ हजार बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया