एमालेविरुद्ध गठबन्धनको कारण योगेशको भाषामा यस्तो ?
नेपालखोज
२०७८ माघ १७ गते १३:४१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेविरुद्ध गठबन्धन किन आवश्यक रहेको भन्दै प्रश्न गरेका छन् । उनले आज सामाजिक सन्जालमार्फत एमालेविरुद्ध गठबन्धनको कारण खुलाएका हुन् ।
उनले प्रदेशमा मन्त्रालय फुटाउँदै मन्त्रीको संख्या थप्न, चालु र अनुत्पादक खर्च बढाउन एमालेविरुद्ध गठबन्धन गरिएको आरोप लगाए । उनले आवद्यिक निर्वाचनलाई टार्दै स्वेच्छाचारी शासन लम्ब्याउन पनि आफ्नो पार्टीविरुद्ध गठबन्धन गरिएको दाबी गरे ।
एमालेविरुद्ध पाँच दलीय गठबन्धन एक भएर चुनाव लड्ने समाचार आइरहेको समयमा योगेशको यस्तो धारणा आएको हो । उनले भने, ‘गठबन्धन किन ? प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्ब्याउन ।’

सम्बन्धित

प्रतिक्रिया