एमसीसीबारे घनिभूत छलफल, गठबन्धन तोडिने डरले प्रचण्ड र नेपाल एमसीसीकाे पक्षमा

नेपालखोज २०७८ माघ १७ गते १४:०७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीका विषयमा विवाद चलिरहेको बेला प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताहरूको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

तीन शीर्ष नेताहरूबीच भएको भेटवार्तामा पछिल्लो समयको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको छ । तीन नेताबीचको छलफलमा एमसीसी र स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको हो । शनिबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने शर्तमा मात्रै गठबन्धन कायम राख्ने शर्तले राजनीतिलाई नयाँ मोडमा लगेको छ । आज भएको छलफलमा प्रचण्डले एमसीसी संशोधन गरेर अनुमोदन गर्न देउावालाई सुझाव दिएका थिए । देउवाले भने एमसीसी अनुमोदनमा गठबन्धनको साथ नपाए नेकपा एमालेको साथ खोज्न सक्ने बताइएको छ ।

नेपाल र प्रचण्ड भने देउवा ओलीसँग एक हुने डरले एमसीसी अनुमोदन गर्ने पक्षमा खुल्न सक्ने देखिएको छ । प्रचण्ड र नेपाल गठबन्धन तीनै तहको निर्वाचनसम्म कायम राख्ने पक्षमा देखिएका छन् । देउवालाई पार्टीमा तीनै तहको निर्वाचन गठबन्धन बनाएर नलड्न नेपाली कांग्रेसका शीर्ष नेताले सुझाव दिएका छन् ।

प्रतिक्रिया