शनिबार, जेठ ५, २०८१

१४ अंकले नेप्से घट्दा ५ अर्ब १५ करोडको कारोबार

नेपालखोज २०७८ माघ १७ गते १५:४८

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन एक सय एक दशमलव पाँच अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन सोमबार भने १४ दशमलव ४८ अंकले घटेर २८ सय ७१ दशमलव पाँच अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव शून्य आठ अंकले घटेर पाँच सय ३८ दशमलव ४५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय २५ कम्पनीको ६९ हजार सात सय ७० पटकको कारोबारमा एक करोड एक लाख पाँच हजार ६ सय ६९ कित्ता सेयर खरिद–बिक्री भएकामा कुल कारोबार रकम पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा १० वटाको सूचक घटेर तीनवटा समूहको सूचक बढेका छन् । त्यसमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ५२ अंकले घटेर १८ सय ३५ दशमलव ८० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि एक सय १० दशमलव १५ अंकले घटेर पाँच हजार ५८ दशमलव ८० अंकमा झरेको छ । जलविद्युत समूहको सूचक पनि २३ दशमलव ६ अंकले घटेर ३४ सय १० दशमलव ४० अंकमा झरेकामा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ७८ दशमलव ७६ अंकले घटेर १३ हजार एक सय १० दशमलव ६९ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि दुई सय २१ दशमलव ३२ अंकले घटेर १६ हजार चार सय ३५ दशमलव चार अंकमा झरेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहहरूको सूचक पनि घटेका छन् । लघुवित्त समूहको सूचक भने ३० दशमलव १७ अंकले बढेर ५५ सय ४७ दशमलव ८३ अंकमा चढेकामा अन्य र लगानी समूहहरूको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर २३ सय ८७ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा माउन्टेन हाइड्रो पावर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य भने तीन दशमलव ४४ प्रतिशतले घटेर पाँच सय ६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को प्रतिकित्ता तीन सय ५७ रुपैयाँ अन्तिम मूल्यमा ५७ करोड १२ लाख ७८ हजार ६ सय ३९ रुपैयाँ ७० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया