आइतबार, जेठ २०, २०८१

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ, कति पाइन्छ भर्न ?

नेपालखोज २०७८ माघ २१ गते ६:५०

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आजदेखि निष्कासन हुँदै छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख २२ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये साधारण सेयरमध्ये जारी पुँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता सेयर कर्मचारीका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित चार लाख ८७ हजार ५०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

आवेदकले उक्त सेयरमा आवेदन दिँदा न्यूनतम १० देखि अधिकतम पाँच हजार २२० कित्तासम्मका लागि माग गर्न पाउनेछन् । उक्त सेयर माघ २१ अर्थात् आजदेखि निष्कासन खुला भई छिटोमा माघ २५ र ढिलोमा फागुन ६ गते बन्द हुनेछ । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।

प्रतिक्रिया