मंगलबार, वैशाख १६, २०८२

‘लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ बिमा कम्पनीलाई कारबाही’

नेपालखोज २०७८ माघ १७ गते १८:३३

काठमाडौं । बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने विभिन्न ११ वटा बिमा कम्पनीहरूलाई जरीवाना गरेको छ । बिमा ऐन, २०४९ र बिमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमा भित्र बिमा समितिमा आर्थिक वर्ष २०७६–७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीहरू प्रत्येकलाई १० हजार रुपैयाँका दरले जरीवाना गर्ने निर्णय समितिले गरेको हो ।

बिमा ऐन, २०४९ को दफा २५ बमोजिम बिमा कम्पनीहरूले आफूले गरेका बिमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समितिसमक्ष पेस गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्था छ । जानी–जानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको जनाइएको छ ।

जरीवाना गरिएका बिमा कम्पनीहरूमा दि ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय बिमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स. र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

प्रतिक्रिया