गणपति वनस्पतिप्रालिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

नेपालखोज २०७८ माघ १७ गते २३:००

काठमाडौं । गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्य गरिएको बताएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीलगायतको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई चेक जाँच गर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा सोमबार एक कार्यक्रमकोबिच हस्तानन्तरण गरिएको छ ।

कार्यक्रममा कम्पनीका संचालक अनन्ता मोर, राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपल्ब्ध गरेकोमा महाशाखा प्रमुख उमेशराज जोशीले कम्पनीलाई धन्यवाद दिएका छन् । यसरी संघ संस्थाहरूको साथ र सहयोगमा ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने पनि जोशीले बताएका छन् ।

प्रतिक्रिया