नेपाल इको प्यानलको ब्राण्ड एम्वेसडरमा पिके शेर्पा नियुक्त

नेपालखोज २०७८ माघ १८ गते १:००

काठमाडौं । नेपाल इको प्यानलको ब्राण्ड एम्वेसडरमा स्वतन्त्र हिमाल मार्ग निर्देशक (फ्रिलायन्स माउण्टेन गाइड) पासाङकाजी शेर्पा (पिके शेर्पा) नियुक्त भएका छन् ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हिमाल आरोही पिके शेर्पालाई एक समारोहवीच व्राण्ड एम्वेसडर नियुक्ति गरे ।

नेपालमै बनेको नेपाल इको प्यानल वातावरणमैत्री भएकोले यसको प्रयोगबाट वातावरण जोगाउन मद्दत मिल्ने सन्देश दिन हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए ।

साथै नेपाल इको प्यानल हिमाल, पहाड अनि तराई सबैतिर उतिकै उपयोगी भन्ने सन्देश दिन पनि हिमाल आरोही शेर्पालाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको सीईओ इन्जिनियर दुवालले बताए ।

पिके शेर्पाले ६ पटक सगरमाथालगायत केटु हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हिमाल आरोहण गर्नेहरुका लागि स्वतन्त्र गाइडको भूमिकामा छन् । आरोही शेर्पाले विश्वको विख्यात नेशनल जियोग्राफी टेलिभिजन र गुगलसंग पनि आवद्ध भएर पनि काम गरिसकेको छन् ।

दुई पक्षबीच भएको सम्झौतामा नेपाल इको प्यानलले पिके शेर्पालाई सगरमाथा आरोहणमा सहयोग गर्ने र शेर्पाले सगरमाथा आरोहणको क्रममा नेपाल इको प्यानलको झण्डा सगरमाथामा फहराउन लाने जनाइएको छ ।

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । वातावरणमैत्री यो निर्माण सामाग्री हलुका, भूकम्प प्रतिरोधी, अग्नी प्रतिरोधकलगायतका विशेषताका कारण पछिल्लो पटक देशैभरि लोकप्रिय छ ।

प्रतिक्रिया