उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, ५ वटा प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०७८ माघ १८ गते ६:१०

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहको र भाेलि (बुधबार) रातिबाट यसको प्रभाव अझ बढ्ने सम्भावना रहेकाे जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ । अहिले पहाडी भू-भागमा आंशिक  बदली रही तराईका भू-भागमा हुस्सु / कुहिरो लागेको विभागले उल्लेख गरेकाे छ ।

आज दिउँसो प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति प्रदेश नं १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ भने, प्रदेश नं १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पू्र्वानुमान महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया