रावलप्रति बाबुरामको आक्रोश-‘कि यी नक्कली पीएचडी हुन् ?’

नेपालखोज २०७८ माघ १८ गते ९:४७

काठमाडौंं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले नेता डा. भीम रावलको पीएचडी योग्यतामाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल ट्वीटर र सोमबार सांसदहरूलाई लेखेको स्मृतिपत्रमा आफूमाथि भीम रावलले कटाक्ष गरेपछि अध्यक्ष भट्टराईले पनि जवाफ दिएका हुन् । डा. भट्टराईले रावलको विद्यावारिधी योग्यतामाथि आशंका गरेका छन् ।

आफूमाथि गलत टिप्पणी गरेको भन्दै भट्टराईले रावललाई ‘नक्कली पीएचडी’को संज्ञा दिएका छन् । रावलले भट्टराईले गोप्य रूपमा एमसीसी सम्झौता गरेको उल्लेख गरेका छन् । रावलले आफूहरू संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त भएका बेला बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको जनाएका छन् ।

भिम रावललाई लक्षित गर्दै अध्यक्ष भट्टराईल सामाजिक सन्जालमा लेख्छन्,‘ यी कण भीम रावलले पीएची गरेको भनेर नाउँका अगाडि ‘डा.’ पनि झुण्ड्याउँछन्! । विद्यावारिधि गर्दा कसैवारे कुनै दावी गरियो भने त्यसको श्रोत\मिति\स्थान खुलाउनुपर्छ । उनले दावी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले,कहाँ,कसरी खुलाउनुपर्दैन? कि यी नक्कली पीएचडी हुन् ?’

प्रतिक्रिया