स्थानीय तहको निर्वाचन जेठ ४ मा गर्न सरकारसमक्ष प्रस्ताव

नेपालखोज २०७८ माघ १८ गते १७:५१

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्न सरकार समक्ष प्रस्ताव गरेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीहरुले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्रीसँग आयोगले २०७९ साल जेठ ४ गते निर्वाचन गर्न मिति प्रस्ताव गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरी आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन गराउने बचन दिएको प्रवक्ता पौडेलले जानकारी दिए । उनले स्थानीय तह निर्वाचन एकै चरणमा गर्ने गरी कुरा अगाडी बढेको पनि बताए ।

प्रतिक्रिया