बिहीबार, जेठ ३, २०८१

‘तिम्रो महानायक म, मेरो महानायिका तिमी’

नेपालखोज २०७८ माघ १९ गते १३:०२

हाम्रा प्रिय महानायक । लेखेर रिमा विश्वकर्माले गरेको पोस्टमा फेरि एकपटक हमाल महानायक हुन् कि होइनन् भन्ने जुहारी चलेको छ ।

केको महानायक ? कपाल पालेकै भरमा हिरो भएको ग्वाँच ।
भ्वाइस नेपाल

आफूले सम्मान पाउन अरुलाई पनि सम्मान गर्न सिक्नुहोला ।
राजन बस्नेत

सबैले महानायक नै मान्नुपर्छ भन्ने छैन, कोही-कोही ठ्याउकेहरुले नमान्दा केही फरक पर्दैन ।
नरेन्द्रकुमार चन्द

हाम्रो महानायकलाई सम्मान गर्नुहोस् अपमान नगर्नुहोस् । अपमान गर्नु नै छ भने केपी ओली बाको गरौं जसले कम्युनिस्टको नाममा देश लुटयो, देशलाई आर्थिक रूपमा टाट पल्टायो । अझ धेरै विरोध गर्नु छ भने पूर्व राजाको गरौं जसले २५० वर्ष नेपाली जनतालाई धर्म-संस्कृतिको त्रासमा पारेर अँध्यारोमा राखे ।
जोह्न थोमस

हाम्रा महानायक त उहाँ नै हो !! अनि २/४ जनाको महानायक भुवन केसी, शिव श्रेष्ठ र दीपाश्री निरौला !
नेपाली हो नि

हाम्रा हैन हामी सबैका प्रिय महानायक राजेश दाइ ।
विशाल गोपाल

मिस्टर हमाल भन्थेउ त मैयाँ ?
ओम खड्का

अस्ति त नायक मात्र भनेको हो नि रिमु , विवादमा नपरुम् भनेर आज महानायक भनेको ?
थुमबहादुर राउत

यति कुरा सारेगममा भन्देको भए कुरा सुन्नुपर्थ्यो नानी तिमीले ? ढिलै भए पनि बुद्धि पलाएछन् । यही स्टाटसले कभर गर्ला थोर-थोरै ।
श्रापित काफ्ले

नाई नाई, कोही महानायक होइनन् ।
ध्रुव रसाइली

तिम्रो महानायक म र मेरो माहानायिका तिमी ! आउ हामि माया पिरिमका कुरा गर्दै बसौँ रिमा बेबि !
गौतमजी

दीपाश्री निरौलालाई भन्दिम् ?
अर्जुन गैरे

अस्ति सा रे ग म प मा त महानायक भनेर सम्बोधन गरेकी थिएनौं त आज बल्ल चिनेऊ..? कि भुवनेले फिल्ममा कुनै दिन मौका दिन सक्छ भनेर नभनेको त्यहाँ ?
एकराज आचार्य

रिमाजी, मैलै तपाईंलाई व्यतिगत रुपमा भेटेको छैन तर तपाई मलाइ मन पर्ने कलाकार हुनुहुन्छ । तपाईं
मेरा लागि महानायिका नै हो ।
सुमन उप्रेती

को महानायक ? कसको महानायक ?
देवी आङदम्बे

दुईवटा महानायक त छैनन् नि नेपालमा !
सुरज शर्मा

आदरणीय महानायक भनेको राम्रो सुहाउँछ रिमु ।
सिक्स बी रेड

हामी सबैका प्रिय महानायक ।
शंकर पौडेल

अति सम्मानित व्यक्तित्व तपाईंहरु दुवैजना ।
रमेश रोकाया

ए हो ?
जीवन शर्मा

नो डाउट, हालसम्म नेपाली फिल्मइन्डस्ट्रीमा हरेक एङ्गल बाट हेर्दा वा मूल्यांकन गर्दा महानायक बन्न अनि भन्न लायक एक मात्र नाम हो – राजेश हमाल !!
रमिरेश राई

मेरो पनि उच्च सम्मान छ ।
पुन शंकर

ती भेडा हुन् जसले राजेश हमाललाई महानायक नभन्दैमा गाली गलौज गर्छन्, इज्जत र सम्मान भन्ने कुरा शब्दमा होइन व्यबहारमा झल्किन्छ ।
राजेन्द्र नाथ

हेर्ने र सुन्नेहरुको अगाडी कोही महानायक छैन यो पढ्नेहरु कति छन र दिदी ????
सन्जय बीके

महानायक राजेश हमाल बिर्सन नसकिने व्यक्तित्व हुन् ।
दीर्घ खत्री

सुनेको, गल्ती भए माफी पाम
महानायक त दीपकराज गिरी !!!
सुमेर क्षेत्री

महानायक जो भए पनि जसको भए पनि सामाजिक सन्जालमा भुक्नेहरुलाई महानायकको एउटा रौँ पनि मिल्दैन त्यसैले यो विषयमा नबोलेकै राम्रो । न हाम्रा न तिम्रा।
प्रेम बहिङ

जसले देश र जनताका लागि केही गरेर देखाउँछ उहीँ नै हो महानायक ।
राम कुमाल

No description available.

प्रतिक्रिया