देउवा-प्रचण्ड एमसीसीका विषयमा छलफल, देउवा एमसीसी पास गर्ने अडानमा

नेपालखोज २०७८ माघ १९ गते १४:२३

काठमाडौं । एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको छ । निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री देउवाले पनि ४ गते नै एकै चरणमा निर्वाचन सम्पन्न गर्न ग्रीन सिंग्नल दिने जनाइएको छ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट सुरु भइसकेको छ ।

एमसीसीलाई लिएर विवाद हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मिल्ने खत्रा माओवादीले देखेको छ । प्रधानमन्त्री देउवा पनि एमसीसीलाई पास गर्न लागि परिसकेका छन् । उनले कुनैपनि हालतमा एमसीसी पाग गर्ने अडान लिएको बुझिएको छ ।

प्रचण्डले भने हालै सम्पन्न माओवादी महाधिवेशनमा समेत एमसीसी संशोधनसहित पास हुने बताएका थिए । उनले एमसीसीलाई आँखा चिम्लेर समर्थन गरे माओवादी नेताले नै प्रचण्डको विरोध गर्ने निश्चितप्राय छ । त्यहीभएर प्रचण्ड एमसीसीका कारण अप्ठ्यारोमा परेका छन् ।

प्रतिक्रिया