प्रधानमन्त्री देउवाको वक्तव्य विज्ञमा गजुरेल
नेपालखोज
२०७८ माघ १९ गते १४:५७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मंगलबार नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गजुरेलले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । गजुरेलको राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्छन् । उनी अनुसन्धानात्मक कार्यमा समेत सक्रिय छन् । उनको विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित भएको छ ।
उनले नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यको जिम्मेवारीमा काम गरिसकेका छन् । गजुरेलले नेपाली कांग्रेसको १३औं र १४औं महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा काम गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया