श्रममन्त्रीको तलब–भत्ता क्याम्पसलाई

नेपालखोज २०७८ माघ १९ गते १५:५९

काठमाडौं । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्ता बापतको रकम तनहुँको भानु पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई सहयोग गरेका छन् ।

तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले तलब–भत्ता बापतको रकम विभिन्न संघ–संस्थालाई सहयोग गर्दै आएका छन् । उनले प्रदान गरेको ५० हजार रुपैयाँ क्याम्पस सञ्चालक समिति अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ ।

उनले चुनावमा उम्मेद्वार हुँदै तलब–भत्ता नलिने घोषणा गरेका थिए ।

प्रतिक्रिया