एमसीसीका कारण सत्ता गठबन्धन टुट्छ : सीपी गजुरेल

नेपालखोज २०७८ माघ १९ गते १७:४२

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन् । नेता गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताए ।

पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भईसकेको दावी समेत गरे । नेता गजुरेलले मुलुकको अर्थतन्त्र समेत ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको बताए । उनले यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरु सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको बताए ।

नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरुसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ । उनीहरु नै भन्छन । हामीले मात्रै भनेको होइन । प्रतिक्रियावादीहरुको एउटा हिस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ । अर्थतन्त्र कोल्याप्स नै हुने भयो अव । आर्थिक सूचांक सबै नकारात्मक छन ।’

प्रतिक्रिया